नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने खेलका सबै टिकट सोल्ड आउट भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आजका टिकट सबै बिक्री भएकाले घरबाटै हेर्न आग्रह गरेको छ । एनपीएलमा आज दुई खेल हुदै छन् ।
आज पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुदै छ । अहिलेसम्म सुदूरपश्चिम रोयल्सले आफ्ना दुवै खेलमा जित हासिल गरेको छ भने लुम्बिनीले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुने छ ।
त्यस्तै आज दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुदै छ । अहिलेसम्म कर्णाली र विराटनगर दुवैले ३-३ खेलमा एक एक जित र २-२ खेलमा हार बेहोरेका छन् ।
यो खेल अपराहन्न १: १५ बजेदेखि हुदै छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ