काठमाडौं । लियोनल मेसीले मेजर लिग सकर (एमएलएस) को ‘मोस्ट भ्याल्युएबल प्लेयर अवार्ड’ जितेका छन् ।
इन्टर मायामीलाई पहिलो पटक ‘सपोर्टर्स शिल्ड’ उपाधि जिताएका मेसी सन् २०२४ का लागि एमएलएसका मोस्ट भ्याल्युएबल प्लेयर घोषित भएका हुन् ।
मेसीले इन्टर मियामीलाई नियिमति सिजनमा किर्तिमानी अंक तालिकामा पुर्याएका थिए । मियामीले ७४ अंक जोड्दै शीर्ष स्थानमा सिजनको अन्त्य गरेको थियो । तर प्ले अफको पहिलो चरणमा पराजित हुदै बाहिरिएको थियो ।
मेसीले इन्टर मियामीका लागि यस सिजनमा १९ खेलमा २० गोल र १६ एसिस्ट गरेका थिए । मियामीको इतिहासमा, एमएलएसको व्यक्तिगततर्फ सबैभन्दा प्रतिष्ठित अवार्ड जित्ने मेसी पहिलो हुन् ।
पत्रकार, खेलाडी र टेक्निकल स्टाफले लिगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीलाई दिइने यस अवार्ड विजेता चुन्ने गर्छन् ।
मेसीले कोलम्बस क्रिउका चुचो हर्नान्डेजलाई पछि पार्दै यो उपाधि जितेका हुन् । ३७ वर्षीय मेसीले ३८.४३ र चुचोले ३३.७ प्रतिशत मत पाएका थिए । मायामीकै टिममेट लुइस स्वारेज, पर्टल्यान्ड टिम्बर्सका मिडफिल्डर इभान्डर , डीसी युनाइटेडका क्रिस्टियन बेन्टेक पनि प्रतिस्पर्धामा थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ