बिहिबार, माघ ३, २०८१

काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि


कान्तिपथ


आजदेखि काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पहिलो संस्करण सुरू हुँदै छ । पहिलो दिन नेपालका दुई क्लबले दुई विदेशी क्लबको प्रतिस्पर्धा गर्दै छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने पहिलो खेल दिउँसो तीन बजेबाट सुरू हुनेछ । हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । हेल्प नेपाल आठौं प्रधानमन्त्री कपको विजेताको रूपमा काभा क्लब भलिबल च्याम्पियनसिपमा सहभागी भएको हो । उसको टिममा तीन पाकिस्तानी खेलाडी छन् ।

आजै दिउँसो साढे पाँच बजे गण्डकी प्रदेश भलिबल संघले माल्दिभ्सको एच डीसीको सामना गर्नेछ । गण्डकी, प्रधानमन्त्री कपको उपविजेता टोली हो । गण्डकीमा तीन भारतीय खेलाडी रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत