सोमवार, पुस २९, २०८१

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ


कान्तिपथ


काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन् ।

पक्राउ मध्ये उखिलले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र कमलले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उखिललाई काठमाडौं पिङगलास्थानबाट बुधबार र कमललाई काठमाडौं ताहाचलबाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत