बारा । जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट चाँदीको जस्तो देखिने धातु करिब ६० किलोग्राम सहित कलैया उपमहानगरपालिका-५ घुसुकपुर बस्ने ३६ वर्षीय कर्म साह सोनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु फेला पारी चालक सोनारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ