काठमाडौं । ठगी सम्बन्धी कसूरमा संलग्न प्रतिवादी बैतडी पाटन नगरपालिका-४ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० मिलनचोक बस्ने ३६ वर्षीय करन सिंह बिष्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका-१० मिलनचोकबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफू गृहमन्त्रीको सचिवालयमा पि.ए.को रूपमा कार्यरत रहेको तथा विभिन्न निकायका उच्च पदस्थ व्यक्तिहरूसंग निकट रहेको भनि झुक्यानमा पारी सरकारी जागिर लगाई दिने, सरूवा बढुवा गरी दिने, बैदेशिक रोजगारमा पठाई दिने तथा सरकारी अनुदान रकम उपलब्ध गराई दिने प्रलोभन पारी रकम ठगी गरेको खुल्न आएको छ ।
उनलाई ठगी सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ