चितवन । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचान पत्र वितरण गरेको छ ।
नगरपालिकाले शनिवार एक कार्यक्रमको आयोजना गरि भुमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यवस्थित बसोबासीका ऐलानी जग्गाको पहिचान पत्र वितरण गरिएको हो ।
नगरको वडा नं ७ मा रहेको सिमलवस्तीका १४ परिवारलाइ पहिचान पत्र वितरण भएको छ ।
तत्कालिन भुमि आयोगले नापजाँच गरेका राप्तीका विभिन्न जग्गाको ऐलानी पहिचान पत्र निर्माण भएका छन ।
राप्तीको वडा नं ११ , वडा नं २, वडा नं ३ र ७ का अधिकांश जग्गा नाँपजाँच भएको सो जग्गाको पहिचान पत्र बनेको हो ।
राप्तीमा १३ हजार भन्दा बढी नागरिकको पहिचान पत्र बनिरहेको राप्ती नगरपालिका मेयर शमेर लामाले बताए ।
मेयर लामाका अनुसार अधिकांश भुमिहिन सुकुम्वासी, त्यसपछि दलित र अव्यवस्थित बसोबासी रहेको बताए ।
अहिले राप्ती वडा नं ११ को धेरै ठाउको जग्गा नापजाँच भएका छन । त्यसको रातो पुर्जाको लागि हामीले आयोगमा पठाएका हौ तर आयोगनै खारेज भएपछि कामले निरन्तरता पाउन सकेन ।
यसका अलवा राप्तीको वडा नं ७ मा पनि कार्यपालिकाको निर्णायनुसारनै धेरै काम सम्पन्न भएको मेयर लामाको दावी रहेको छ ।
वडा नं ३ र २ पनि अहिले आयोगको निर्णय गरेको बसेको छ । मेयर लामाका अनुसार राप्तीले आफ्नो स्रोत र साधन प्रयोग गरेर अहिले पनि वडा नं ५ र १ को जग्गा नापि रहेको छ । यसलाइ बैधानिकताको लागि आवश्यक तयारी भएको उनले बताए ।
मेयर लामाका अनुसार रातो पुर्जाको अन्तिम चरणमा पालिका रहेको छ । अहिले ऐलानी पहिचान पत्र तयार पारेर वाड्ने र रातो पुर्जाको लागि आवश्यक प्रकृया अगाडी बढाउने उनले बताए ।
यसले जनतालाइ आफ्नो जग्गा कति छ ? आफुले प्रयोग गरेको जग्गा कुन स्तरको हो ? भन्ने थाहा पाउन सकिने मेयर लामाको भनाइ रहेको छ । अव जसको जसको नाममा पहिचान पत्र आएका छन , उहाहरुले यसलाइ किनवेच नगरिदिनु होला । तत्कालिन भुमि आयोगमा यहि नाममा यहाहरुको ऐलानी जग्गा दर्ता भएको छ ।
यसलाइ सुरक्षित राख्नुहोस मेयर लामाले भने
राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटीका अनुसार स्थानीय सरकारले आफ्नो नागरिकको अधिकारलाइ सुरक्षित गर्न पहिचान पत्र वितरण गरेको हो । यो नितान्त नागरिकको आफ्नो प्रयोग हुदै आएको जग्गाको विवरण उल्लेख भएको पहिचान पत्र हो ।
पहिचान पत्र पाएपछि स्थानीय शान्ति परियार खुशि भएकि छिन । उनका अनुसार कयौ बर्ष सम्म प्रयोग गर्दै आएको जग्गाको पहिचान पत्र पाउदा खुशि मात्र होइन आफ्नो जग्गा छ भन्ने आभाष भएको बताइन । आफुले कति जग्गा पाउछौ ? कहाको पाउछौ भन्ने ढुक्क भएको छ ।
तत्काललाइ हाम्रो विवरण सहितको पहिचान पत्र बनाएर वितरण गरेकोमा स्थानीय सरकारलाइ परियारले धन्यवाद दिइन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ