आइतवार, माघ ६, २०८१

विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित


कान्तिपथ


नेपाल प्रिमियर लिग अन्तर्गत कर्णाली याक्सले विराटनगर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो ।

कर्णालीले दिएको १३४ रनको लक्ष्य पछाएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १२६ रन मात्र बनाएपछि कर्णाली ७ रनले विजयी भएको हो ।

विराटनगरका लागि निकोलस कृतनले ४०, लोकेस बमले १९ र दिपक बोहोराले १८ रन बनाए भने कर्णालीका बलर नन्दन यादवले ३ तथा विपिन शर्माले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा अल आउट हुदै १३३ रन बनाएको थियो । करंलीका लागि विलियम बोसिस्टोले ६६ र देव खनालले ५३ रन बनाएका थिए ।

त्यसैगरी विराटनगरका बलर प्रतिस जिसीले ४ तथा क्रिस सोल र बसिर अहमदले २-२ विकेट लिएका थिए ।

यो जितपछि कर्णालीको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने विराटनगरले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत