सोमवार, पुस २९, २०८१

आज तीनवटै संसदीय समितिको बैठक बस्दैँ


कान्तिपथ


काठमाडौं, २३ मंसीर । प्रतिनिधिसभाका दुइ समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार आज तीनवटा समितिको बैठक बस्नेछ । 

जसअनुसार राज्य व्यबस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्य ब्यवस्था समितिमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग सांसदहरूले छलफल गर्नेछन् । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।  

 उता, शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ ।

 बिधायन ब्यवस्थापन समितिको बैठकमा भने नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ, सो बैठक दिउँसो २ः३० बजे बस्नेछ । 

तीनवटै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत