सोमवार, पुस २९, २०८१

सिरियाका राष्ट्रपति बशर रुसको शरणमा


कान्तिपथ


सिरियामा विद्रोहीले कब्जा गरेपछि देशबाट भागेका राष्ट्रपति बशर अल असादले रुसमा शरण लिएका छन् ।

रुसको सरकारी मिडियाले बशर सिरियाबाट मस्को पुगेको पुष्टि गरेको हो । सरकारी मिडिया एजेन्सी तासले भनेको छ- ‘ असाद र उनको परिवार मस्को पुगेको छ । रुसले मानवीय कारणले असाद र उनको परिवारलाई शरण दिएको छ ।’

यस अघि असाद चढेको विमान कहाँ गयो भन्ने स्पष्ट भएको थिएन ।

आइतबार इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले सिरियाको राजधानी दमास्कस प्रवेश गर्नासाथ राष्ट्रपति असादले देश छोडेका थिए ।

मिडिया रिपोर्टका अनुसार रुस र इरानले सिरियाको बशर सरकारलाई पर्याप्त सहयोग नगरेका कारण उनको सत्ता ढलेको विश्लेषण गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत