आइतवार, माघ ६, २०८१

स्पेनिस ला लिगामा एट्लेटिकको कमब्याक जित


कान्तिपथ


काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ।

सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले पराजित गरेको हो।

एट्लेटिकको जितमा डी पाउल, इन्टोनी ग्रिजमन र सामुइल डिआज लिनोले गो  गरेका थिए।

सेभिल्लाका लुकेबाकिओ, रोमेरो र सान्चेजले गोल गरे।

एट्लेटिकोले डी पाउलको गोलबाट खेलको १२ मिनेटमा अग्रता लिएको थियो।

१२ मिनेटमा सेभिल्लाका लुकेबाकिओले गोल फर्काएर बराबरीमा ल्याएका थिए। खेलको ३२ मिनेट र ५७ मिनेटमा सेभिल्लाले गोल गरेर एट्लेटिकोसँग ३-१ को स्थितिमा ल्याएको थियो।

पछि परिसकेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोका ग्रिजमन र लिनोले टोलीलाई जिताए।

तर, एन्टोनी ग्रिजमनले खेलको ६२, थपिएको इन्जुरी समय तथा लिनोले ७९ मिनेटमा गोल गरेका थिए।

जितसँगै एट्लेटिको म्याड्रिड ३५ अंक साथ लिगाको तेस्रो स्थानमा छ भने सेभिल्ला १९ अंक साथ १३ औं स्थानमा छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत