नेकपा एकीकृत समाजवादीको नेतृत्व तहमा अहिले जिम्मेवारी बाँडफाँटको गृहकार्य चलिरहेको छ। गत भदौमा पदाधिकारी चयनका क्रममा भएको निर्वाचनमा केही प्रभावशाली नेताहरू नै पराजित भए। तीमध्ये केही नेता निर्वाचनको उक्त परिणामपछि निष्क्रियप्रायः रहे।
काठमाडौँमा जारी स्थायी समिति बैठकले उनीहरूलाई सम्मानजनक स्थान दिन स्थायी समितिमा समेटेको छ। यस्तै अघिल्लो कार्यकालमा स्थायी समिति सदस्य रहेका र यसपालि पोलिटब्युरो सदस्यमा निर्वाचित भएकाहरू पनि स्वतः स्थायी समिति सदस्य बन्ने मापदण्ड तय गरी स्थायी समितिको आकार ४१ सदस्यीय बनाएको छ।
स्थायी समिति सदस्यमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठसहित केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेल छन्
शुक्रबारको बैठकमा नयाँ थपिएका सदस्यहरूसमेत उपस्थित भएका थिए। उनीहरूसमेत उपस्थित बैठकमा कार्ययोजनाबारे छलफल भएको थियो। महासचिव घनश्याम भुसालले बुधबारको बैठकमा पार्टीको वार्षिक कार्ययोजना पेस गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ