सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ। मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भई विराटनगरमा बसोबास गर्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिकाका लक्ष्मण साह, सचिव धनपालथानका आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथानका शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ।
लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन्। सहकारी संकटमा परेपछि कोइरालाले २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिएकी थिइन्।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ। १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ