सोमवार, पुस २९, २०८१

राष्ट्रपति विरुद्ध महाभियोग पारित


कान्तिपथ


दक्षिण कोरियाली संसद्ले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको छ । शनिबार भएको मतदानमा २ सय ४ सांसदले महाभियोग प्रस्तावको पक्षमा मत दिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८४ सांसदले महाभियोगको विपक्षमा मतदान गरे भने ८ मत बदर भयो, ३ सांसद तटस्थ बसे । महाभियोग प्रस्ताव पारित भएसँगै राष्ट्रपति युन पदबाट स्वतः निलम्बित भएका छन् ।

युनले अब संवैधानिक अदालतको सामना गर्नुपर्नेछ । उनीविरुद्धको महाभियोग प्रस्तावमा ९ सदस्यीय अदालतले अन्तिम निर्णय लिनेछ । राष्ट्रपति पद रिक्त भएको ६० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने व्यवस्था छ । त्यतिन्जेलसम्म प्रधानमन्त्री हान डक सुले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नेछन् ।

राष्ट्रपति येओलले उत्तर कोरिया र देशभित्रका केही विपक्षीबाट राष्ट्रियता खतरामा परेको भन्दै डिसेम्बर ३ मा दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी मार्सल कानुन लागू गरेका थिए । राष्ट्रपतिको आदेशपछि केही समय देशमा सेना परिचालन भयो । हेल्मेट लगाएका सैनिक र प्रहरी राष्ट्रिय सभामा तैनाथ भए । केही सैनिक हेलिकोप्टरबाट संसद् भवनको छतमा ओर्लिए ।

स्थानीय सञ्चारमाध्यमले मास्क लगाएका सशस्त्र सैनिक भवनभित्र प्रवेश गर्दै गरेको र अग्नि नियन्त्रणका लागि राखिएका उपकरण प्रयोग गरेर त्यहाँका कर्मचारीले उनीहरूलाई प्रवेश गर्नबाट रोकेको दृश्य प्रसारण गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत