सोमवार, पुस २९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • मानहानी मुद्धामा एबिसी टेलिभिजनले ट्रम्पलाई डेढ करोड डलर तिर्ने

मानहानी मुद्धामा एबिसी टेलिभिजनले ट्रम्पलाई डेढ करोड डलर तिर्ने


कान्तिपथ


अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई मानहानी गरेको अभियोगमा एबिसी टेलिभिजनले १ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको छ ।

एबिसी टेलिभिजनमा अन्तरवार्ताका क्रममा पत्रकार जर्ज स्टेफानोपौलोसले ट्रम्पलाई बलात्कारका लागि जिम्मेवार रहेको भनी झुटो बोलेको भन्दै मानहानीको मुद्दा परेको थियो । त्यसका लागि टेलिभिजनले सो रकम तिर्नुपर्ने भएको हो ।

अन्तर्वार्ताका क्रममा जर्जले यसै वर्षको १० मार्चमा टम्पकी समर्थक सांसदलाई चुनौती दिंदै बारम्बार सो कुरा दोहोर्‍याएको अभियोग लगाइएको थियो । एबिसी टेलिभिजनले पत्रकार जर्जको अन्तर्वार्तामा सोधिएको सो अभियव्यक्ति प्रति खेद प्रकट गरेको छ ।

जरिवाना बापतको रकम अमेरिकी राष्ट्रपतिहरुले स्थापना गरेको परोपकारी संस्थामा जानेछ । साथै ट्रम्पले कानुनी लडाईका लागि खर्च गरेको १० लाख डलर पनि एबिसी टेलिभिजनले उनलाई दिन सहमत भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत