सोमवार, पुस २९, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • नेपालमा धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान छ : सभापति देउवा

नेपालमा धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान छ : सभापति देउवा


कान्तिपथ


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उँधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा कांग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्दै उनले शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गरे ।

यी पर्वहरूले नेपाली समाजमा सद्भाव बढाउँदै आएको छ ।

यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास आफूले लिएको भन्दै उनले यी महत्त्वपूर्ण पर्वका अवसरमा सबैमा उनले शुभकामना व्यक्त गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत