सोमवार, पुस २९, २०८१

यू-१९ महिला एशिया कपमा आज नेपालले पाकिस्तानविरुद्ध खेल्दै


कान्तिपथ


नेपाली यू-१९ महिला टी-२० टिमले एशिया कप अन्तर्गत आज पाकिस्तानको सामना गर्दै छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदै छ ।

आइतबारदेखि शुरु भएको महिला यू१९ एशिया कपमा पाकिस्तानले पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो ।

एशिया कपमा पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली महिला टिम हाल मलेसियामा रहेको छ ।

नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवा, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

यू-१९ टी-२० महिला एशिया कप मलेसियामा आगामी डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुदै छ । एशिया कपमा नेपालसहित ६ देश सहभागी हुदै छन् ।

नेपाल समुह ए मा भारत र पाकिस्तानसँग रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका र मलेसिया रहेका छन् ।

एसीसीले सार्बजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल आज पाकिस्तान र १७ डिसेम्बरमा भारतसँग खेल्ने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत