आइतवार, माघ ६, २०८१

म्यानचेस्टर डर्बीमा युनाइटेड विजयी


कान्तिपथ


म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर डर्बी जितेको छ ।

गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र अमाद डियाल्लोले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि जोसका गभार्डिओलले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको १६ खेलमा २२ अंक भएको छ र लिगमा १३औ स्थानमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर सिटीको भने यस सिजनमा यो पाँचौं हार हो । यो हारपछि सिटीको १६ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौं स्थानमा झरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत