आइतवार, माघ ६, २०८१

ब्रेन्टफोर्डलाई हराउदै चेल्सी दोस्रो स्थानमा उक्लियो


कान्तिपथ


इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले ब्रेन्टफोर्डमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा मार्क कुकुरेला र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए । त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल ब्रायन एम्बेमोले गरेका थिए ।

यस खेलमा चेल्सीका मार्क कुकुरेलाले खेलको ९८औ मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितपछि चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १६ खेलमा ३४ अंक भएको छ । त्यसैगरी ब्रेन्टफोर्डको १६ खेलमा २३ अंक रहेको छ र ११औ स्थानमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत