सोमवार, पुस २९, २०८१

एनपीएलमा लिगको अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिमको भिडन्त


कान्तिपथ


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदै छ । एनपीएलको लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् ।

यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुने छ ।

सुदूरपश्चिम रोयल्स अंक तालिकामा शिर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ भने दोस्रो स्थानमा रहेको जनकपुर र तेस्रो स्थानमा रहेको चितवन पनि प्लेअफमा पुगिसकेका छन् । अब प्लेअफमा पुग्ने चौथो टिमको तय यस खेलबाट हुने छ । कर्णालीले यो खेल जितेमा प्लेअफमा स्थान सुनिश्चित हुने छ भने हार बेहोरेमा रनरेटको आधारमा कर्णाली र काठमाडौँ गुर्खाजबीच एक टिम प्लेअफमा पुग्ने छ ।

विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघिनै प्लेअफको दौडबाट बाहिरिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत