सोमवार, पुस २९, २०८१

महिला यू-१९ एशिया कपमा पाकिस्तानमाथि नेपालको शानदार जित


कान्तिपथ


नेपालले महिला यू-१९ एशिया कपमा पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ ।

मलेसियामा जारी एशिया कपको समुह बी अन्तर्गतको पहिलो खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा कप्तान पुजा महतोले अविजित ४७ रन बनाएकी थिइन् भने सोनी पाख्रिनले १३, सीमा केसीले १२ र साना प्रविनले १० रन बनाएकी थिइन् ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १०४ रन बनाएको थियो ।

यो जितपछि नेपाल एशिया कपको सुपर फोरमा पुग्ने निश्चित भएको छ । पाकिस्तान भने दुवै खेलमा पराजित भएर पाँचौं स्थानको प्लेअफ खेल्ने भएको छ । नेपालले अर्को खेल मंगलबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत