आइतवार, माघ ६, २०८१

करिब १२६ किलो गाँजासहित २ जना पक्राउ


कान्तिपथ


धरान उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय २३ किलो ३ सय ९० ग्राम सहित धरान उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक धन बहादुरलाई पक्राउ गरेको हो ।

चितवन, रत्ननगर नगरपालिका-१० निपनी चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६४ ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय सरद लम्साललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत