सोमवार, पुस २९, २०८१

अर्थमन्त्रीको राजीनामा


कान्तिपथ


काठमाडौँ । क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोलाई लेखेको पत्रमा राजीनामाको घोषणा गरेकी हुन् ।

उक्त पत्रमा उनले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, सरकारमा सेवा गर्नु, क्यानडा र क्यानाडाली जनताका लागि काम गर्नु मेरो जीवनको सम्मान हो। सँगै मिलेर हामीले धेरै उपलब्धि हासिल गरेका छौं ।’

उनले अगाडी लेखेकी छन्- ‘शुक्रबार तपाईले मलाई अब अर्थमन्त्रीमा निरन्तरता दिन नचाहेको बताउनुभयो र मलाई मन्त्रिपरिषद्मा अर्को पद प्रस्ताव गर्नुभयो, धेरै सोचविचारपछि म मन्त्रिपरिषद्बाट राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्षमा पुगेको छु । यो मात्र इमानदार कदम हो ।’

उनले प्रधानमन्त्रीसँग धेरै विषयमा असहमति रहेको उल्लेख गर्दै अमेरिकामा आउने ट्रम्प प्रशासनको धम्कीलाई गम्भीरताका साथ लिन आवश्यक रहेको बताएकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत