सोमवार, पुस २९, २०८१

फेरी बढ्यो प्रदुषण, कक्षा ५ सम्मका विद्यालय बन्द


कान्तिपथ


काठमाडौँ । भारतको राजधानी दिल्लीमा फेरि प्रदुषण बढेको छ ।

मंगलबार बिहान दिल्लीमा कुहिरोसँगै प्रदुषण बढेपछि कक्षा ५ सम्मका विद्यालय बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

दिल्लीमा हाल वायु गुणस्तर सूचकांक (एक्यूआइ) विश्वकै सबैभन्दा बढी ५९७ रहेको छ ।

प्रदुषण बढेपछि दिल्ली, गुरुग्राम, फरीदाबाद, गाजियाबाद, नोएडा र ग्रेटर नोएडामा कक्षा ५ सम्मका विद्यालयहरू बन्द गरिएको छ । कक्षा १० र १२ बाहेक विद्यालयका अन्य सबै कक्षा हाइब्रिड मोडमा सञ्चालित हुनेछन् ।

जस अनुसार कलकारखाना, निर्माण कार्य र यातायातमा कडा प्रतिबन्ध लगाइनेछ । ट्रक लोडर र अन्य भारी सवारीलाई दिल्लीमा प्रवेश गर्न दिइने छैन। सबै प्रकारका निर्माण तथा भत्काउने काममा रोक लगाइनेछ ।

सरकारी तथा निजी कार्यालयमा घरबाटै काम गर्न निर्देशन दिइएको छ ।

कच्चा सडकमा निर्माण सामग्री बोक्ने सवारी साधनमा रोक लगाइएको छ ।

खुलामा फोहोर फाल्न, पोलिथिन र प्रदुषणकारी पदार्थको प्रयोगमा पनि रोक लगाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत