आइतवार, माघ ६, २०८१

संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँ


कान्तिपथ


संघीय संसद अन्तर्गतका चारवटा संसदीय समितिका बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित सचिवालय भवनमा बस्नेछ । 

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेवाट सुरू हुनेछ ।

संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने बिद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । जसका लागि बिहान ९ः०० बजे बैठक आब्हान गरिएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज पनि राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः ३० बजेवाट सुरू हुने सचिवालयले जनाएको छ ।

साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने बिभिन्न स्थलगत अनुगमन प्रतिवेदनहरू सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक ११ः०० बजेवाट सुरू हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत