आइतवार, माघ ६, २०८१

कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य


कान्तिपथ


काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेरमा चितवन राइनोजसामू १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पार्यो । 

कर्णालीका लागि जयकिसन कोल्सावालाले ५३, विल बसिस्टोले ५२, चाडविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए ।

चितवनका लागि सोहेल तन्वीरले दुई तथा शरद भेषावकर, कुशल मल्ल र रवि बोपाराले समान एक विकेट लिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत