काठमाडौं । श्रीमतीलाई कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोपमा श्रीमान्लाई मुगु प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका–११ का २८ वर्षीय कृष्ण कुमाई छन् ।
उनले आफ्नी श्रीमतीमाथि पटक–पटक कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोप छ ।