सोमवार, पुस २९, २०८१

ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ


कान्तिपथ


धनगढी । कैलालीबाट ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्।

ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षीय राज कुमार चौधरी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको मिति २०८१ असार २८ गतेको फैसलाले दोषी ठहर गरेपछि उनी फरार रहेका थिए। चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले मिति बधबार उनकै घरबाट पक्राउ गरेको हो।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत