नासाका दुई अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरको अन्तरिक्षबाट फर्कने कार्यक्रम फेरि स्थगित भएको छ ।
अब दुवै सन् २०२५ को मार्चको अन्त्यमा वा फेब्रुअरीको सट्टा अप्रिलमा पृथ्वीमा फर्किने भएका छन् ।
यसले बोइङको स्टारलाइनर क्याप्सुलमा अन्तरिक्षमा पुगेको १० महिनापछि मात्रै दुवैको फर्कन सम्भव हुनेछ । नासाले उनको घर फर्किन ढिलाइ भएको घोषणा गरेको छ ।
दुबै परीक्षण पायलटहरूले ५ जूनमा बोइङको पहिलो अन्तरिक्ष यात्री उडानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उडान भरेका थिए । बोइङले उनीहरूलाई अन्तरिक्ष स्टेशनमा छाडेर पृथ्वीमा फर्केपछि दुईजनालाई एक साता मात्र त्यहाँ बस्ने योजना थियो तर प्राविधिक र समयतालिका समस्याका कारण उनीहरूको मिसन पटक–पटक लम्बिएको थियो ।
सुनिता र बुच छ महिना भन्दा बढी समय देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । आठ दिनको मिसनमा पठाइएको यो टोलीमा सुनिताका अलावा साथी ब्यारी विल्मोर पनि छन् । दुवै जना १५० दिनदेखि पृथ्वीमा फर्किन पर्खिरहेका छन् ।
विभिन्न समयमा सार्बजनिक तस्वीरमा सुनिता विलियम्स दुब्लो र पातलो देखिएपछि उनको स्वास्थ्यको बारेमा चिन्ता प्रकट गरिएको छ । सेप्टेम्बर २४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका तस्बिरहरू अक्टोबर ४ मा पनि बाहिरिएका थिए ।
सुनिताको स्वास्थ्यसँग सम्बन्धित अड्कलबाजीलाई अन्त्य गर्दै नासाको स्पेस अपरेशन मिसन डाइरेक्टरेटका प्रवक्ता जिमी रसेलले आइएसएसमा तैनाथ सबै अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था ठीक रहेको बताएका थिए । सबैको नियमित स्वास्थ्य परीक्षण भइरहेको नासाले बताएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ