काठमाडौं । काठमाडौंकाे चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया सरिता तामाङ हत्या भएकाे छ।
धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङको हत्यापछि शव फेला परेकाे हाे ।
चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईँ तलाको कोठाभित्र प्रहरीले उनको शव फेला पारेको हो । सरिता सोही घरमा भाडामा बस्ने गरेकी थिइन् ।
तामाङको हत्यापछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा मृत सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेको उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइललाई केन्द्रित गरेर अनुसन्धान अघि बढायो ।
मोबाइल पत्ता लगाएपछि अभियुक्तको पहिचान गर्न सफल भएको परिसरका एक अनुसन्धान अधिकृतले बताए । परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सरिताको हत्या आरोपमा गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको छ ।
अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियो । त्यसपछि विश्वासले घटनाबारे स्वीकारेको एक अनुसन्धान अधिकृतले बताए ।
विश्वासलाई कोठाबाटै बुधबार राति साढे ९ बजे पक्राउ गरिएको हो ।
उनले हत्या स्वीकार गर्दै सामान्य विवाद हुँदा भवितव्य परेर घटना भएको दाबी गरेका छन् । सरिताको मृत्यु भएपछि लो–बेड भित्र शव लुकाइएको थियो ।
मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि नैकापमा कक्षा १० मा अध्ययनरत थिइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ