नेकपा एमाले नेता ऐन महरलाई कारबाहीको लागि पीडित रश्मिला धामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेकी छन् ।
धामीले पत्रकार सम्मेलनको आयोजना गरी महरबाट आफू र आफ्नो परिवार असुरक्षित भएको दाबी छ ।
धामीलाई मङ्गलवार आमरण अनसन स्थलमा राजमति बम ‘रक्षा’ को टोलीले प्रहरीको सामुन्ने नै आक्रमण गरेपछि उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई न्याय तथा सुरक्षाको लागि सार्वजनिक अपिल गरेकी हुन् ।
‘म र अभियन्ता आरती रावल गिरीलाई प्रहरीकै अगाडी कुटपिट भयो, के हामीले सडकमा धर्ना बस्न पनि नपाइने हो ? एमाले पार्टीको खोल ओढेर, सत्ता र शक्तिको बलमा हामीलाई मार्ने षड्यन्त्र गरिरहेको छ l’ धामीले भनिन् ।
नेता महरले पार्टी भित्रका कयौँ महिलाहरूलाई यौन शोषण गर्दै आइरहेको आरोपसमेत रश्मिलाले लगाइन् । उच्च अदालत पाटनमा विगत डेढ वर्षदेखि ऐन महरविरुद्धको जबरजस्ती करणी मुद्दा चलिरहेको छ ।
यही कारणले उनले आमरण अनशनको बाटो रोज्नुपरेको बताइन् । ‘अभियन्ता आरती रावल गिरीले पनि नेपालका राजनीतिक दलहरूमा महरजस्ता व्यक्तिहरू संरक्षण पाइरहेको आरोप लगाइन् । ‘यस्ता अपराधीलाई नेताहरूले नै बचाउने प्रयास गर्छन्, जसले न्याय प्रणालीलाई कमजोर बनाउँछ,’ उनले भनिन् ।
रश्मिलाले प्रधानमन्त्री ओलीसँग न्यायको लागि हस्तक्षेप गर्न आग्रह गर्दै भनिन्, ‘म आफ्नो र छोराको जीवन बचाउन संघर्ष गरिरहेकी छु । अब सरकार र समाजले मेरो आवाज सुन्नुपर्छ।’ रश्मिलाले विगतमा न्याय नपाउँदा आत्मदाहको प्रयास गरेकी थिइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ