आइतवार, माघ ६, २०८१

रविको तस्बिर सार्बजनिक बारे छानबिन समिति गठन


कान्तिपथ


पोखरा । रवि लामिछानेको हिरासत भित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।

समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी भोलाबहादुर रावलले जानकारी दिएका छन् ।

लामिछाने हिरासतको तस्बिर प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सुविधासम्पन्न रूपमा राखिएको भन्दै प्रहरीको आलोचना गरेका थिए ।

लामिछानेका समर्थकले हिरासतको तस्बिर बाहिर ल्याएर मानवअधिकार र गोप्यता हरण भएको आरोप लगाएका थिए । दुई महिनायता प्रहरी नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा भव्य सुविधा दिइएको बताइएको छ ।

यसअघि विहिबार गृहमन्त्री रमेश लेखकले पनि लामिछानेको तस्वीर सार्बजनिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत