सोमवार, पुस २९, २०८१

युनाइटेडलाई हराउदै टोटनह्याम कारबाओ कपको सेमिफाइनलमा


कान्तिपथ


काठमाडौँ । टोटनह्याम कारबाओ कपको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै टोटनह्याम सेमिफाइनलमा पुगेको हो ।

टोटनह्यामको जितमा डोमिनिक सोलांकीले २ गोल गरेका थिए भने डुजान कुलुसेभ्सकी र सन हेंग मिनले एक एक गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि जोशुआ जिर्कजी, अमाद डियालो र जोनी एभान्सले एक एक गोल गरेका थिए ।

यो जितपछि अब टोटनह्यामले सेमिफाइनलमा लिभरपुलको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलमा आर्सनलले न्यूक्यासल युनाइटेडको सामना गर्ने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत