आइतवार, माघ ६, २०८१

एशिया कपमा आज नेपालको सामना बंगलादेशसँग


कान्तिपथ


काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा सुपर फोर अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदै छ ।

यस अघि विहिबार सुपर फोर अन्तर्गतको खेलमा नेपाल र श्रीलंकाबीचको खेल बर्षाले प्रभावित भएको थियो । बर्षाले खेल रद्ध भएपछि नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका थिए ।

त्यस्तै विहिबार नै सम्पन्न खेलमा बंगलादेश भारतसँग पराजित भएको थियो । फाइनलमा पुग्न नेपाल र बंगलादेश दुवैलाई आजको खेल जित्नै पर्ने अवस्था रहेको छ । नेपालले आज बंगालदेशलाई पराजित गरेमा फाइनलमा पुग्ने छ । भारत भने हाल सुपर फोरको शिर्ष स्थानमा रहेर फाइनलमा पुगिसकेको छ ।

नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो । भारत र पाकिस्तान जस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो ।

भारत विरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको रुपमा सुपर फोरमा पुगेको छ भने श्रीलंकाले एक खेल जितेर उपविजेता बन्कोदै सुपर फोरमा पुगेको छ । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत