आइतवार, माघ ६, २०८१

दुर्गाको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुँदै


कान्तिपथ


काठमाडौं । व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ ।

सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय सारंगा सुवेदी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी परेको छ ।

यसअघि सुनिलकुमार पोखरेलको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो ।

प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत साता उनका छोरा निराजन प्रसाईले सर्वोच्चमा निवेदन दिएका थिए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईं ४० हजार धरौटी तिरेर रिहा भएका थिए ।

तर,लगत्तै उनी आपराधीक लाभ हानी सम्बन्धिको कसुरमा पक्राउ परेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत