आइतवार, माघ ६, २०८१

वामदेव एक साता भित्र एकीकृत समाजवादीमा भित्रिने


कान्तिपथ


काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी) भित्रिने भएका छन् ।

बिहीबार गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटमा यो सहमति भएको हो ।

एकतापूर्व दुवै पार्टीका तर्फबाट दुई-दुई सदस्यीय कार्यदल बनाउने तयारी गरिएको छ । उक्त कार्यदलले एकताको खाका तयार पार्ने र त्यहीअनुरूप एक हप्ताभित्र एकता हुने बताइएको छ ।

एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरीयता दिने गरी छलफल भइरहेको छ ।

यस अघि हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समितिको बैठकले गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग एकता गर्ने विषयमा छलफल गर्दै एकताको पहल गर्ने निर्णय गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत