आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकाले हटायो सिरियाका नयाँ नेता अल-शारामाथिको एक करोड डलरको इनाम

अमेरिकाले हटायो सिरियाका नयाँ नेता अल-शारामाथिको एक करोड डलरको इनाम


कान्तिपथ


काठमाडौँ । अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल-शारालाई पक्राउ गरेकोमा टाउकोमा राखिएको इनाम हटाएको छ । अहमद अल-शरामाथि अमेरिकाले १ करोड डलर इनाम राखेको थियो ।

अमेरिकाले वरिष्ठ कूटनीतिज्ञ र हयात तहरीर अल-शामका प्रतिनिधिहरूसँगको भेटपछि यो कदम चालेको हो । अहमद अल-शरा विद्रोही समूह हयात तहरीर अल-शामका प्रमुख हुन् ।

अमेरिकी सहायक विदेशमन्त्री बारबरा लीफले सारासँगको वार्ता ‘धेरै फलदायी’ भएको र सारा निकै ‘व्यावहारिक’ भएको बताएकी छन् ।

सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाएपछि अमेरिकी प्रतिनिधिमण्डल सिरिया पुगेको छ । अमेरिकाले अझै पनि अहमद अल-शराको संगठन हयात तहरीर अल-शामलाई आतंकवादी संगठन मान्छ ।

अहमद अल-शराको संगठन हयात तहरीर अल-शामको अल कायदासँग सम्बन्ध छ, त्यसैले अमेरिकाले उनीमाथि एक करोड डलरको इनाम राखेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत