आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • जर्मनीको क्रिसमस बजारमा तीव्र गतिको कार ठोक्किँदा दुई जनाको मृत्यु

जर्मनीको क्रिसमस बजारमा तीव्र गतिको कार ठोक्किँदा दुई जनाको मृत्यु


कान्तिपथ


काठमाडौँ । जर्मनीको क्रिसमस बजारमा तीव्र गतिको कार ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् । यो घटना जर्मनीको म्याग्डेबर्गको हो । मृत्यु हुनेमा एक बालक पनि सामेल छन् ।

सामाजिक सञ्जालमा उपलब्ध फुटेजमा पसलहरूबीचको साँघुरो लेनमा कार तीव्र गतिमा गुडिरहेको देख्न सकिन्छ, जसमा धेरैलाई कारले ठक्कर दिएको देख्न सकिन्छ।

टिभीबाट प्राप्त तस्विरमा एक संदिग्ध व्यक्तिलाई बन्दुक लिएर प्रहरीले पक्राउ गरेको देख्न सकिन्छ ।

पक्राउ परेका व्यक्ति ५० वर्षीय साउदी नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति सन् २००६ देखि जर्मनीमा डाक्टरका रूपमा कार्यरत थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत