आइतवार, माघ ६, २०८१

एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै


कान्तिपथ


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल हुदै छ । आज अपराहन्न १२: १५ बजेदेखि शुरु हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र र जनकपुर बोल्ट्स भिड्दै छन् ।

यस प्रतियोगितामा यी दुई टिम तेस्रो पटक आमने सामने हुदै छन् । लिग चरणमा सुदूरपश्चिमपश्चिम रोयल्सले जनकपुर बा्ल्ट्सलाई ७२ रनले पराजित गरको थियो भने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले ८ विकेटले जनकपुरलाई पराजित गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट लयमा रहेको सुदूरपश्चिमको मनोबल उच्च रहेको छ । अन्य टिममा विदेशी खेलाडीले खेल जिताइरहे पनि सुदूरपश्चिममा भने नेपाली खेलाडीनै म्याच विनर बनिरहेका छन् । विनोद भण्डारी, कप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, आरिफ शेख, नरेन साउदले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
त्यस्तै विदेशी खेलाडीमा बलर स्कट केग्गेलिन, सैफ अली जैब, ब्राण्डन म्याकुलम र हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

अर्को तर्फ जनकपुर बोल्ट्स भने न्यूजील्याण्डका जिम्मी निशाममाथि बढी भरपरेको छ । जनकपुर नियमित कप्तान अनिल शाह घाइते भइसकेपछि ब्याकफुटमा पुगेको देखिएको छ । ललित राजबंशी, शेर मल्ल, किशोर महतोले जनकपुरलाई फाइनलसम्म पुर्याउन योगदान दिएका छन् भने विदेशी खेलाडीमा निशाम बाहेक हर्ष ठाकेर, मोहमद मोशिनले राम्रो योगदान गरिरहेका छन् । फाइनलमा सुदूरपश्चिमलाई हराउन जनकपुरका नेपाली खेलाडीले जिमेवारी लिएर खेल्नुपर्ने देखिएको छ ।

लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेका सुदूरपश्चिम र जनकपुरबीचको फाइनल खेल रोमाञ्चक हुने देखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत