आइतवार, माघ ६, २०८१

सुशील श्रेष्ठको कमब्याक फिल्म ‘आउट लः दफा २१९’ होलीमा रिलिज हुने


कान्तिपथ


काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको चार वर्षपछिको कमब्याक फिल्म ‘आउट लः दफा २१९’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।

शुक्रबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै फागु पूर्णिमा (होली) को दिन पारेर आगामी फागुन २९ गतेबाट फिल्म रिलिज हुने जानकारी दिए । यसअघि गत असोज ३ गते फिल्म रिलिज हुने निश्चित थियो । तर, छायांकन नसकिँदा फिल्म प्रदर्शन हुन सकेन ।

विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुन, हेम गुरुङ लगायतको अभिनय छ । अमित अग्रहरिको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । सह-निर्माताको रुपमा भने विकास चौधरी छन् । यसमा नविन गुरुङको डीओपी छ ।

एक्सन जनरामा निर्माण भएको फिल्ममा साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन छ । फिल्मको एक्सन दृश्य खिच्न निर्माण टिमले ४० लाख खर्च गरेको जनाइएको छ । गत साउनमा रिलिज भएको टिजरले फिल्मको राम्रो हाइप बनाएको थियो । तर, रिलिज स्थगन हुँदा त्यो हाइप व्यर्थ बन्यो । यद्यपि, फिल्मप्रति दर्शकको अपेक्षा बढेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत