आइतवार, माघ ६, २०८१

अमेरिकाले हटायो सिरियाली नेता अल साराको मस्ट वान्टेड सुची


कान्तिपथ


दमास्कस,६ पुस। सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ।

बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तहरीर अल-शाम (एचटीएस) का वरिष्ठ कूटनीतिज्ञहरू र प्रतिनिधिहरू बीचको बैठक पछि अमेरिकाले सो पुर्ववत अडान छाडेको हो ।

जस अनुसार अमेरिकाले सिरियाका नयाँ नेता अहमद अल-शरालाई गिरफ्तार गर्नका लागि यसअघि राखेको १०मिलियन अमेरिकन डलर खारेज गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी सहायक राज्य सचिव बारबरा लीफले शारासँगको छलफल “धेरै फलदायी” भएको र उनी “व्यावहारिक” भएको बताइन् । यतिखेर अमेरिकी प्रतिनिधिमण्डल राजधानी दमास्कसमा बिद्रोहीहरूको नयाँ सरकारका प्रतिनिधिसँग छलफल र बार्तामा छ ।

एचटीएसले पन्ध्र दिन भन्दा कम समय अघि बसर अल-असद शासनलाई पराजित गरे पछि अमेरिकन कुटनीतिज्ञ पहिलो पटक दमास्कस पुगेको हो ।

वाशिंगटनले सो बेला सम्म पनि यसलाई आतंकवादी समूहको रूपमा तोकेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत