सोमवार, पुस २९, २०८१

थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार घुस खाने तीन जना पक्राउ


कान्तिपथ


धनगढी । थुनामुक्त गरिदिने भन्दै कैलालीमा साढे ३९ हजार भारु घुस खाने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार साँझ घुस लिने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका–१ बाट लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरादिन्छु भन्दै थुनुवाका परिवारका सदस्यबाट ३९ हजार ५ सय भारु लिने व्यक्ति पक्राउ परेका हुन्।

गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, सोही स्थानका २२  वर्षीय रमेश साउँद १९ वर्षीय हर्क साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले बताए। उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत