सोमवार, पुस २९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • डिप फेक भिडिओको शिकार भइन् गायिका  अधिकारी, साइबर ब्युरोमा उजुरी

डिप फेक भिडिओको शिकार भइन् गायिका  अधिकारी, साइबर ब्युरोमा उजुरी


कान्तिपथ


एआई प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या भएको भन्दै गायिका समीक्षा अधिकारीले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन् ।

​डिपफेक टुलमार्फत आफ्नो आपत्तिजनक भिडिओ बनाएको भिडिओ बाहिरिएपछि अधिकारीले कानुनी कारबाहीका लागि ब्युरोमा उजुरी दिएकी हुन् ।

‘दिपु कान्छो’ नामक फेसबुक पेजबाट आपत्तिजनक भिडिओ पोस्ट गरिएका कारण आफूलाई मानसिक तनाव भएको उनले उल्लेख गरेकी छिन् ।

उजुरीमा शंकास्पद व्यक्तिको फेसबुक पेज विवरण, टिकटक आईडी, युट्युब लिंक, सम्पर्क नम्बर र अन्य प्रमाणसमेत समावेश गरिएको छ ।

प्रहरीलाई सम्बोधन गर्दै उनले एआई र कम्प्युटरको दुरुपयोग गरी बनेका आपत्तिजनक भिडिओ पोस्ट गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेकी छन् । सामाजिक सञ्जालमा यस्ता गलत गतिविधिले आफूलाई मानसिक तनाव सिर्जना गरेको भन्दै उनले यसप्रकारका अपराध नियन्त्रण गर्न आग्रह गरेकी छिन् ।

उनले फेसबुकमा भनेकी छन्- “मेरो चरित्रहत्या गर्ने व्यक्ति विरुद्ध आज साइबर व्युरोमा निवेदन दिएकी छु । मेरो व्यक्तिगत र पारिवारिक जिवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडिओले समाज तथा राष्ट्रलाई नै असर पर्छ । साइबर व्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारवाही गर्ने जानकारी पाएको छु । कृपया सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगरिदिनुहुन अनुरोध गर्दछु ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत