सोमवार, पुस २९, २०८१

बक्सिङ डे टेस्ट अघि भारतीय कप्तान रोहित शर्मा घाइते


कान्तिपथ



काठमाडौँ । अष्ट्रेलियाविरुद्धको बक्सिङ डे टेस्टअघि भारतीय कप्तान रोहित शर्मा घाइते भएका छन् ।

आइतबार अभ्यासका क्रममा रोहितको घुँडामा चोट लागेको थियो ।

रोहित थ्रो डाउन विशेषज्ञसँग अभ्यास गरिरहेका बेला बल उनको घुँडामा ठोकिएको थियो ।

बोर्डर-गावस्कर ट्रफीको चौथो खेल २६ डिसेम्बरबाट मेलबर्नमा भारत र अष्ट्रेलियाबीचको बक्सिङ डे टेस्टको चार दिनअघि रोहित घाइते हुनु भारतका लागि चिन्ताको विषय बनेको छ ।

भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टेष्ट शृंखला अहिले १–१ को बराबरीमा छ । भारतीय टोलीको नजर अर्को टेस्ट म्याच जितेर शृङ्खलामा अग्रता बनाउने लक्ष्यमा हुनेछ ।

रोहितअघि भारतीय टोलीका ब्याट्सम्यान केएल राहुल पनि अभ्यासका क्रममा घाइते भएका थिए । राहुलको हातमा चोट लागेको बताइएको छ ।

रोहित यस सिरिजमा पुन: फर्म ल्याउन संघर्ष गरिरहेका छन् । रोहितको चोट कति गम्भिर छ भन्ने अझै स्पष्ट भएको छैन भने राहुलको चोटको बारेमा कुनै जानकारी दिइएको छैन ।

राहुलले हालको अस्ट्रेलिया टूरमा ६ इनिङ्समा ४७ को प्रभावशाली औसतमा २३५ रन बनाएका छन् ।

भारतीय टिमका फास्ट बलर आकाश दीपले रोहित र राहुलको चोटको चिन्ताजनक नभएको बताएका छन् । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत