सोमवार, पुस २९, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • राष्ट्रिय दलित पत्रकार संघ, नेपालकाे लुम्बिनी प्रदेश कार्यसमिति नँया नेतृत्व, अध्यक्षमा बस्याल

राष्ट्रिय दलित पत्रकार संघ, नेपालकाे लुम्बिनी प्रदेश कार्यसमिति नँया नेतृत्व, अध्यक्षमा बस्याल


कान्तिपथ


राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको छ ।

शनिवार नेपालगन्ज बांकेमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको हो ।

अधिवेशनबाट टेकेन्द्र बस्याल (वाँके) को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा लोकेन्द्र सुनार (प्युठान), कृष्ण दर्लान (पाल्पा) र भरत नेपाली (रोल्पा), सचिबमा अनिल नेपाली (अर्घाखाँची) सह–सचिबमा विवेक विश्वकर्मा (रुपन्देही) र अरुन कुमार नेपाली (दाङ), कोषाध्यक्षमा विधुत्मा रैका (बाँके) चयन भएको निर्वाचन समितिका सदस्य तथा केन्द्रीय महासचिव लक्ष्मण दर्नालले जानकारी दिए ।

यस्तै,सदस्यहरूमा जगलाल नेपाली (रुपन्देही), सित्मती नेपाली (नवलपरासी), रामबहादुर गन्दर्भ (कपिलवस्तु), रामशरण रैदास (कपिलवस्तु), राहुल विश्वकर्मा (बर्दिया) र अनिता नेपाली (बाँके) चयन भएका छन् ।

गुल्मी र रुकुम पुर्व जिल्लाको लागि भने १ र १ जना सदस्य आगामी पुर्ण बैठकबाट मनोनीत गर्ने गरि समितिको अधिवेशन सम्पन्न गरिएको हो ।

अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेस अग्रवालले गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत