काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ ।
यस घटनामा ६ जनालाई पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेको छ ।
उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्यहरूले हैदरावादको जुबली हिल्समा रहेको अर्जुनको घरमा आक्रमण गरेको भिडियो पनि सार्वजनिक भएको छ।
भिडियोमा उनको घरमा ढुंगा हानेको देख्न सकिन्छ ।
आइतवार, उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूको एक समूहले अर्जुनको घर बाहिर हंगामा मच्चाए र टमाटर फ्याँकेका थिए ।
प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ