आइतवार, माघ ६, २०८१

विमान दुर्घटना : १० जनाको मृत्यु, १७ घाइते


कान्तिपथ


काठमाडौँ । ब्राजिलमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सबै मानिस एकै परिवारका सदस्य थिए । यो एक निजी विमान थियो, जुन आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले उडाएका थिए ।

दुर्घटनामा उनी बाहेक उनकी श्रीमती, तीन छोरी र परिवारका अन्य केही सदस्यको मृत्यु भएको छ । उनको कम्पनीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो ।

यो सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा सो क्षेत्रका भवनमा पनि क्षति पुगेको छ ।

यस घटनामा १७ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

ब्राजिलका सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय व्यापारी गालेज्जी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत