आइतवार, माघ ६, २०८१

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ


कान्तिपथ


बाँके । जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

हलवाईले नेपालगंज उपमहानगरपालिका-१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत