आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • रविविरुद्ध मुद्धा दर्ता भएपछि कास्की प्रहरीले लेख्यो संसद सचिवालयलाई पत्र

रविविरुद्ध मुद्धा दर्ता भएपछि कास्की प्रहरीले लेख्यो संसद सचिवालयलाई पत्र


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको संसद पद निलम्बन हुने विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले संसद् सचिवालयमा पत्र पठाएको छ । 

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले संघीय संसद् सचिवालयमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र दर्ता भएको जानकारी बारेको पत्र पठाएको हो । 

पत्रमा लामिछानेविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र दर्ता भएको ब्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ भन्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीको पत्र अनुसार संसद सचिवालयलाई जानकारी गराएको छ ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा भनिएको छ-

‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ ।’

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत