आइतवार, माघ ६, २०८१

विराटनगर- १२ का वडा अध्यक्ष पक्राउ


कान्तिपथ


विराटनगर । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका ३ का एक पीडितको जाहेरीका आधारमा कामत पक्राउ परेका हुन् ।

बैकिङ कसुर आरोपमा मंसिर २५ गते मोरङ अदालतले कामतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ । उनका अनुसार ५ लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत